
तम्घास (गुल्मी), १ असार – गुल्मीमा दुई गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रका धुर्कोट र इस्मा गाउँपालिका जोड्ने गरी तीन सय ७० मिटर लामो झोलुङ्गे पुलको निर्माण गरिएको हो । छल्दी खोलामाथि निर्माण गरिएको पुलले धुर्कोट गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको अम्मरपुर जोड्छ । रु एक करोड ८४ लाखको लागतमा सस्पेन्सन ब्रिज डिभिजन ललितपुरमार्फत निलगिरी निर्माण सेवा प्रालिले पुल निर्माण गरेको हो । एकैपटकमा झन्डै आठ सय नागरिकले आवतजावत गर्न सक्ने क्षमता पुलको छ ।
झोलुङ्गे पुलले बिचित्र गुफालाई राजमार्गबाट नजिक बनाएको छ । त्यसैगरी हिमालय माविका विद्यार्थीलाई विद्यालयसम्म आवातजावत गर्न, घाँस, दाउरा गर्न एवं स्थानीयको दैनिकीमा सहजता आएको छ । “केही वर्ष पहिले खोला तर्ने क्रममा पाँच वर्षीय बच्चालाई आमाकै काखबाट खोलाले बगाएको थियो, बच्चालाई हामीले हुलाकेमा मृत फेला पारेका थियौँ”, स्थानीय बोमलाल भण्डारीले भने, “अहिले पुल बनेको छ, हाम्रो दैनिकी फेरिएको छ ।” उनले पुलले वस्तु र अम्मरपुरका धेरै नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको बताएका थिए ।
धुर्कोट गाउँपालिका–५ को वस्तुमा प्राकृतिक रूपमै बिचित्रको गुफा छ । यो पुलले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारीबाट नजिक बनाएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई पनि सजिलो भएको छ । राजमार्गबाट पाँच मिनेटमा पुल तरेपछि १० मिनेटमा बिचित्र गुफा पुग्न सकिने भएको छ । छल्दीखोला झोलुङ्गे पुल लामो भएकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ । लामो तथा अग्लो स्थानमा निर्माण गरिएको पुलका कारण दैनिक घुम्न, हावा खान र फोटो खिचाउन आउनेको घुइँचो लाग्ने गरेको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिएका थिए ।
धुर्कोट गाउँपालिका–५ वस्तुको यो गुफा पत्ता लागेका तीन दशक बढी भयो । तर, संरक्षण र उचित विकास समयमै हुन सकेन । शान्ति प्रक्रियापछि गुफा संरक्षणका केही काम भएका छन् । सदरमुकाम तम्घासबाट ४५ मिनेटमा बिचित्र गुफा पुगिन्छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी खण्डबाट गुफा पुग्न १५ मिनेट लाग्छ । गुफाभित्र फेलापरेका संरचनालाई स्थानीयले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटोलगायत नामकरण गरेका छन् ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पुलले धुर्कोटको पर्यटन विकासलाई वृद्धि गर्ने बताएका थिए । उनले बाह्य पर्यटकको पनि घुइँचो हुने बिचित्र गुफामा अझै सडकको आवश्यकता रहेको बताउछन् । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.