![](https://htcmedia.com.np/uploads/post_photo_1738314402.jpg)
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
सबै खाले सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यहरूको वेदनाले आफू केही भावुक बनेको, तर दिनदिनै यस्तो खबर सुन्न अभिसप्त रहेको ओलीले बताएका हुन् ।
‘पछिल्लो ९ वर्षमा बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भयो । धेरैको ज्यान गयो । यस्तो समाचार पढेँ’, ओलीले भने, ‘त्यो समाचार हेर्दाहेर्दै मेरो आङ सिरिङ्ग भयो । मैले सङ्कल्प गरेँ – अब हामीले यस स्थितिलाई बदल्नुपर्नेछ । त्यसका लागि काम गर्नुपर्नेछ । यस्ता वेदनामय खबरहरूबाट पार पाउन आज केही काम अघि बढिरहेको म स्मरण गराउन चाहन्छु ।’
यसपटक संसद्को हिउँदे ९विधेयक० अधिवेशन सुरु हुनुभन्दा एक साताअघि सिद्धबाबा सुरुङमार्ग ब्रेकथ्रु भएको ओलीले उल्लेख गरे । अब केही समयभित्र सरकारले यो सुरुङमार्गलाई सञ्चालनमा ल्याउने उनले दाबी गरे ।
सुरुङमार्ग सञ्चालनमा आएपछि पाल्पा,स्याङ्जा, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठानलाई बुटवलसँग जोड्ने र यही सडक कालीगण्डकी करिडोरसँग पनि जोडिने ओलीले जनाए । सडक जोडिएपछि त्यहाँका जनताको जीवनमा ठूलो परिवर्तन आउने ओलीले दाबी गरे ।
SHARE
अभिलेख
प्रतिनिधि सभा बैठक, २०८१ माघ १८ गते
![](https://htcmedia.com.np/uploads/post_photo_1738842522.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738834759.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738831698.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738830850.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738829930.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724095.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724388.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1734435829.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733830073.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733820595.jpg)
COMMENT
.