
ललितपुर, ७ चैत – ललितपुर महानगरपालिका–४ जावलाखेल चोक छेउमा रहेको ऐतिहासिक सम्पदा ललितमण्डप उचित व्यवस्थापन गरेसँगै आकर्षक बन्दै गएको छ । केही वर्षअघि अस्तव्यस्त रहेको ललितमण्डप परिसर पछिल्लो समय ललितपुर महानगरले व्यवस्थित बनाएपछि नागरिकका लागि प्रतिक्षा गर्ने थलोका रूपमा परिचित हुँदै गएको हो ।महानगरले ललितमण्डप परिसरलाई पार्कका रूपमा व्यवस्थित गरेपछि थप आकर्षक बनेको स्थानीय बताएका छन्। बस्न चारैतिर बेञ्च र ठाउँठाउँमा गमालामा हरियो बिरुवा राखिएका छन् । मुख्य चोकमा व्यवस्थित पार्क निर्माण भएपछि नागरिकले सहजका साथ आराम गर्न र प्रतिक्षा गर्न पाएका छन् ।
ललितपुरलाई सुन्दर संस्कृतिक सहरका रूपमा स्थापित गर्ने लक्ष्यकासाथ जावलाखेलको ललितमण्डप पसिरलाई व्यवस्थित गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उनले भनेका छन्, “जावलाखेल ऐतिहासिक ठाउँ हो । ऐतिहासिक सम्पदाको संरक्षण गर्दैै यहाँको सम्पदाको प्रवर्द्धन र व्यवस्थापनमा महानगर योजनाबद्ध रूपमा लागेको छ ।”यहाँ हरेक वर्षको रातो मच्छेन्द्रनाथको रथारोहनपछि अन्तिम दिनमा भोटो देखाउने गरिन्छ । ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार रातो मच्छिन्द्रनाथको रथ तानेपछि राष्ट्र प्रमुखद्वारा भोटो देखाउने अन्तिम दिन यहाँ राखिएका गमला र बेञ्चहरू अर्को ठाउँमा सारिन्छ ।
ललितमण्डप छेउमा रहेका पाटी (फल्छा)र जावलाहिटी (गैरेधारा)भने ललितपुर महानगरले यसअघि पुनःनिर्माण गरिसकेको छ । ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार गरी निर्माण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिएका छन्। नजिकै रहेको सदर चिडियाखाना, जिल्ला प्रहरी परिसरलगायत अन्य सरकारी कार्यालय यहाँ रहेकाले पनि जावलाखेल चोकको ललितमण्डप परिसरमा निर्मित पार्क आमनागरिकका लागि उपयोगी हुने उहाँले विश्वास व्यक्त गरेका छन् । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक








COMMENT
.