
चितवन – सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन् । निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो ।
होटलमा हात्ती राख्नका लागि छानो हालिएको भए पनि अहिले राखिएका ठाउँमा त्यो सुबिधा छैन । होटल भिष्टा चितवनका सञ्चालक रमेश सिलवाल शीतलहरमा खुला आकाशमुनि हात्ती राख्नुपर्दा बिरामी हुने चिन्ता बढेको बताउँछन् । उनले भने, “पहिले पहिले हात्ती पाल्न रहर हुन्थ्यो, अहिले कहर भएको छ ।” उनले भने, “पालिएका हात्ती न आफ्नै हात्ती सारमा राख्न पाइएको छ, न बिक्री गर्न पाइन्छ, न कतै पठाउन सकिन्छ ।” पशुअधिकार भन्दै पर्यटकलाई घुमाउँदा समेत आरोप खेप्नुपरेको उनको गुनासो छ ।
एउटा हात्तीलाई दुईजना माउते आवश्यक पर्दछ । यसका अतिरिक्त हात्तीलाई धान, पराल, भेली, चना, हरियो घाँस आदि जुटाएर पाल्नुपर्दा एक महिनामा रु एक लाखभन्दा बढी खर्च हुने उनले जानकारी दिए । यो मौसममा जङ्गली भाले हात्ती बस्ती पस्न थालेपछि स्थानीयले एकीकृत रुपमा हात्ती पाल्न दबाब दिँदै आएका छन् ।
जङ्गली हात्तीले होटल तथा व्यक्तिका घरमा मालिएका पोथी हात्ती खोज्दै बस्ती पस्ने गरेको स्थानीयको भनाइ छ । केही महिनाअघि देखि जङ्गली हात्ती ‘मकुना’ वस्ती छिर्दै आएको छ । पछिल्ला दिनमा निजी हात्ती सञ्चालकहरुमा आफूले पालेका हात्ती कसरी व्यवस्थित गर्ने भन्ने चिन्ता बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएसँगै निकुञ्ज आसपासका क्षेत्रमा हात्ती पाल्न थालिएका हुन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराई एकीकृत रुपमा हात्ती पाल्नका लागि सरकारी तवरबाट सहयोग हुनुपर्ने बताउनुहुन्छ । यो समस्या अहिलेको मात्र नभएर विगतका वर्षहरुदेखि झेल्दै आएको उनको भनाइ छ ।
पूर्वअध्यक्ष भट्टराईका अनुसार हात्तीको दैनिक आहार खर्च अत्यधिक बढेको, निकुञ्ज आउने पर्यटकको सङ्ख्या घटेको, पशुअधिकारका नाममा हात्ती चढ्नु अपराध हो भन्ने भाष्य सिर्जना गरिएको र जङ्गली हात्तीको आतङ्कका कारण आवश्यक स्याहारसुसारसहित घर कम्पाउन्डमा पाल्न नपाउने भएकाले हात्तीपालकहरुले अहिले अप्ठ्यारो अवस्था झेलिरहनु परेका छ ।
‘जिप सफारी’ सहित हात्ती चढी दुर्लभ एकसिङ्गे गैँडा, बाघ, चराचुरुङ्गीलगायत अनेकौँ जीवजन्तु हेरी रमाउने पर्यटकका कारण चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको बताउँछन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरी बताए । यसैगरी, स्थानीय पर्यटन तथा होटल व्यावसायी सिलवालका अनुसार हात्तीपालनमा संलग्न व्यवसायीलाई सहयोगसहित कुनै पनि किसिमको सहुलियत नदिने हो भने यो व्यवसायबाट सबै विस्थापित हुने र त्यसको नकारात्मक प्रभाव निकुञ्ज केन्द्रित होटल व्यवसाय, रोजगारी र राजस्वमा असर पर्ने भएकाले समयमै सम्बन्धित पक्षका ध्यान जान आवश्यक छ ।
स्वदेश तथा विदेशमा समेत कहलिएको यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो । सुरुका केही वर्ष निकुञ्जका हात्तीले पर्यटक घुमाउने गरेकामा पछिल्ला वर्षहरुमा क्रमशः निजी क्षेत्रबाट पालिएका हात्तीलाई पनि भित्र्याइएको छ । कोभिडको महामारी अघिसम्म एउटा हात्तीको मूल्य भारतीय रु ८० लाखसम्म पर्ने गरेको व्यावसायीहरु बताउँछन् ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले यसरी हात्तीको दैनिक खर्च अत्यधिक हुने गरेको, विशेषगरी विदेशी पर्यटक हात्ती चढ्न छाडेको र यसअघिजस्तो आफ्नो घर कम्पाउन्डमा पाल्न नपाउने अवस्था सिर्जना भएकाले हात्ती पालक व्यवसायी मारमा परेका बताउनुहुन्छ । पर्यटकीयस्थल सौराहा आउने पर्यटकको सङ्ख्या कम हुन थालेपछि क्रमशः घट्दै एक सयबाट अहिले यहाँ ४५ वटा मात्र निजी हात्ती रहेको अध्यक्ष खतिवडाले जानकारी दिए ।
तीमध्ये ३० वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाअन्तर्गत रहेका छन् । अध्यक्ष खतिवडाले भने, “निजी जग्गामा राख्दा वरिपरि घर हुन्छ । सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए हामी एकीकृत गरेर हात्ती राख्न तयार छौँ ।”सधैका लागि एकीकृत ढङ्गबाट हात्ती राख्ने ठाउँको व्यवस्था भए आबश्यक संरचना व्यवसायी आफैँले बनाउने उनले बताए । हात्ती व्यक्तिको भए पनि कानुनका हिसाबले हात्ती सरकारी सरह नै हुने गर्दछ । हात्तीको किनबेच, ओसारपसार, मरेपछिको व्यवस्थापन लगायतका काममा सरकारको प्रत्यक्ष निगरानी हुने व्यवस्था छ ।
क्षेत्रीय होटल सङ्घका अध्यक्ष गिरी निजी हात्ती आफ्नो जमिनमा नराख भन्न नसकिने उल्लेख गर्दै एकीकृतस्थल व्यवस्थापनका पक्षमा पहल भइरहेको बताउँछन् । उनले भने, “बाघमारा र चित्रसेन वनक्षेत्रभित्र हात्ती राख्नका लागि ठाउँ छुट्याई दिनसक्यो भने अहिलेको समस्या समाधान हुन्छ ।” सफारी पर्यटनमा हात्तीको भूमिका महत्वपूर्ण छ । यहाँ आउने पर्यटकले हात्ती चढेर तीनै दुई वनभित्र घुम्ने गर्दछन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त निजी हात्ती व्यवस्थापनको बिषयमा छलफल भइरहेको बताउँछन् । एकीकृत रुपमा हात्ती राख्न सकेमा अहिले देखिएको समस्या केही हदसम्म कमी आउने उनको भनाइ छ । डा पन्तले सरकारी जमिनमा निजी हात्ती राख्नका लागि नीतिगत रुपमा कानुनी व्यवस्था हुनुपर्ने भएकाले सम्बद्ध क्षेत्रका व्यवसायीको मागबमोजिम समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.