
धरान (सुनसरी),। सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् ।मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् । तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका थिए ।
आज बिहान करिब १०ः०० बजे दुहबी–४ शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्याङ्कीमा उनीहरू मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धान तथा फरेन्सिक परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली घटनास्थलमा पुगेको प्रवक्ता खतिवडाले जानकारी दिएका थिए । प्रहरीका अनुसार मृत्युको कारण खुल्न बाँकी रहेको र घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रासस
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा



राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका

दुर्गा प्रसाईले विदेशी शक्तिको आडमा देश चलाउनेहरूविरुद्ध छठ पर्वपछि देशव्यापी आन्दोलनको चेतावनी





COMMENT
.