
महोत्तरी,। अनाथ बालबालिका र सडक मानव व्यवस्थापनका लागि बर्दिबासमा निर्माण थालिएको ‘हाम्रो माया घर’ अहिले आर्थिक सङ्कट झेल्दैछ । गत वर्ष (२०८१) साउन ३० गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गरेपछि निर्माण थालिएको ‘हाम्रो मायाघर’ ले काम सम्पन्न हुनअघि अहिले आर्थिक अभाव झेल्नु परेको हो ।
बर्दिबास–२ मा दाताबाट प्राप्त पाँच कट्ठा १० धुर जग्गामा निर्माण थालिएको हाम्रो मायाघरमा १० करोड ६९ लाख ४५ हजार लागत लाग्ने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ । दुई भवनमध्ये कम लागत ‘इष्टिमेट’को साढे दुई तलाको भवन अहिले बन्दैछ । दुई करोड ४७ लाख लागत इष्टिमेटको यो भवन सम्पन्न गर्न आर्थिक सङ्कट परेको हाम्रो मायाघर भवन निर्माण समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईले बताएका थिए ।
“विस्तृत परियोजना प्रस्तावमा दुई भवन बन्ने उल्लेख छ, त्यसमध्ये हामीले कम लागतको भवन बनाउन थाल्यौँ, त्यो पनि अहिले आर्थिक सङ्कटमा परेको छ”, अध्यक्ष भट्टराईले भने, “आर्थिक सङ्कटले काम सक्न हम्मेहम्मे परेको छ ।” ‘हाम्रो मायाघर’ भवन निर्माणार्थ गत वर्ष (२०८१)साउन २१ देखि २९ सम्म बर्दिवासमा आयोजित शिवपुराण महायज्ञमा दाताहरुबाट रु दुई करोड ४० हजार प्राप्त हुने प्रतिबद्धता व्यक्त भएपछि भवन निर्माण थालिएको हो । तर, प्रतिबद्धताअनुसारको रकममध्ये हालसम्म एक करोड ६५ लाख मात्र प्राप्त हुँदा अहिले काम बढाउन आर्थिक सङ्कट परेको अध्यक्ष भट्टराईको भनाइ छ ।
“दाताबाट व्यक्त प्रतिबद्धतामध्ये ३५ लाखभन्दा बढी रकम आउन बाँकी छ, त्यो रकम प्राप्त हुँदा लगभग भवन निर्माणको काम सम्पन्न हुनसक्छ”, अध्यक्ष भट्टराईले भने । आपूmहरुले व्यक्त प्रतिबद्धताअनुसारको रकम दिन दाताहरुलाई अनुरोध गरिरहेको उनको भनाइ छ । विस्तृत परियोजना प्रस्तावमध्येको अर्को भवनको लागत अनुमान आठ करोडमाथि रहेको हाम्रो माया घर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतम बताउछन् । शिवपुराणमा व्यक्त प्रतिबद्धताअनुसार कम लागतको भवन बन्न रकम पुग्ने ठानेर निर्माण समिति गठन गरेर काम थालिएको उनले स्पष्ट पारेका थिए ।
पछिल्लो चरणमा मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाले ‘हाम्रो मायाघर’ निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विस्तृत परियोजना प्रस्तावअनुसार बालबालिका र अपाङ्गता मैत्री तथा भूकम्प प्रतिरोधी भवनको लागत इष्टिमेट बनेको हो । प्रस्तावअनुसार भवन निर्माण सम्पन्न हुँदा आश्रयविहीन सडक मानव र अनाथ बालबालिकासमेत २०० जनाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्धसमेत गरिने समितिले जनाएको छ । रासस
SHARE
RELATED_NEWS

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.