
खोटाङ, २१ वैशाख – केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन् । राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीनदिने शिविरमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक गरी एक सय २४ जनाले सेवा लिएका हुन् ।
अशक्त अवस्थाका सबै लाभग्राहीलाई समेट्नेगरी गाउँपालिकाले निर्धारण गरेको फरक–फरक तीनवटा केन्द्रमा एक र एक दिन राष्ट्रिय परिचयपत्र बनाउने शिविर सञ्चालन गरिएको थियो । गाउँपालिकाको पहलमा पहिलोपटक आफ्नै गाउँमा आयोजित शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाउन पाएपछि सेवाग्राही हर्षित बनेका छन् ।
सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नीति सरकारले लागू गरेपछि जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा गाउँपालिकाको तर्फबाट राष्ट्रिय परिचयपत्र बनाउन तीन दिन शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिएका थिए । “हाम्रो गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही एक हजार ८७२ जना छन् । यसमध्ये धेरैले आफ्नै पहलमा राष्ट्रिय परिचयपत्र बनाइसकेका थिए”, उनले भने, “सदरमुकाम दिक्तेल पुग्न नसकेका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक छुटेका थिए । उनीहरूलाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले गाउँपालिकाको तर्फबाट तीनदिने शिविर आयोजना गरिएको हो ।”
यही वैशाख १८ गते बाक्सिला, सप्तेश्वर र बास्पानीका लाभग्राहीलाई लक्षित गरेर बाक्सिला वडा कार्यालयमा आयोजना गरिएको शिविरमा ४८ जनाले सेवा लिएका छन् । शिविरको पहिलो दिन वडा नं ३ बास्पानीका १४, वडा नं ४ बाक्सिलाका २० र वडा नं ५ सप्तेश्वरका १४ जनाले सेवा लिएका हुन् । वैशाख १९ गते फेदी र खार्ताम्छाका लाभग्राहीका लागि वडा कार्यालय खार्ताम्छामा आयोजित शिविरमा २१ जनाले सेवा लिएका छन् । वडा नं १ फेदीका नौ र वडा नं २ खार्ताम्छाका ११ जनाले सेवा लिएका हुन् । वैशाख २० गते दिप्सुङ र सुङ्देलका लाभग्राहीका लागि वडा कार्यालय सुङ्देलमा आयोजित शिविरमा सबैभन्दा बढी ५६ जनाले सेवा लिएका छन् । वडा नं ६ दिप्सुङका १२ र वडा नं ७ सुङ्देलका ४४ सेवा लिएका हुन् ।
राष्ट्रिय परिचयपत्र बनाउन शिविर सञ्चालनका लागि डिभाइसजडित उपकरणसहित जिल्ला प्रशासन कार्यालयको पञ्जीकरण शाखा प्रमुख फनिन्द्र राई नेतृत्वको टोली केपिलासगढी पुगेका थिए । जिल्ला प्रशासन कार्यालयबाट शिविरमा खटिएका टोलीलाई गाउँपालिकाले खाना, खाजा तथा आवश्यक कर्मचारीको व्यवस्था मिलाएको थियो । शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख समिर राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । यसपटक आयोजना गरिएको शिविरमा छुटेका लाभग्राही तथा अन्य नागरिकका लागि आगामी साउनमा दोस्रो चरणको शिविर सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिएका थिए । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.