काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतका लागि उत्तर प्रदेश सरकारले अन्तिम तयारी गरिरहेको थियो । उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रमका मुख्य वक्ताका रुपमा ब्यानरसमेत सार्वजनिक भएको थियो ।
इन्डिया फाउन्डेशनले देउवालाई मुख्य वक्ताका रुपमा प्रस्तुत गर्दै उनको ठूलो फोटोसहितको ब्यानर सार्वजनिक गरेको थियो । देउवा वक्ता रहेको उक्त कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने तालिका थियो ।पूर्वप्रधानमन्त्री देउवा शुक्रबार सहभागी हुने कार्यक्रमका लागि आयोजकले उनको नाममा कार्यक्रमको ब्यानरसमेत तयार पारेर सार्वजनिक गरिसकेको थियो ।
तर देउवाले दिल्लीमा उच्च राजनीतिक भेटघाट नहुने भएपछि बिहीबार बिहान भारत भ्रमण अचानक स्थगित गरे । उनी एअर इण्डियाको जहाजबाट बिहीबार दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने तालिका थियो ।परराष्ट्रमन्त्रीसमेत रहेकी श्रीमती डा।आरजु राणा देउवा बिहीबार ओमनबाट स्वदेश फर्केलगत्तै देउवाले भारत भ्रमण स्थगित गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि देउवाले भारत भ्रमण स्थगित गरेको पुष्टि गरेका छन् ।स्रोतका अनुसार दिल्लीमा उच्चस्तरीय भेटवार्ता नहुने भएपछि देउवाले भारत भ्रमण स्थगित गरेका हुन् ।दिल्लीमा बिहीबार नै नयाँ मुख्यमन्त्री रेखा गुप्ताको शपथ ग्रहण तय भएको छ ।


COMMENT
.