
जुम्ला, २७ फागुन – जिल्ला सदरमुकाम खलङ्गा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना गरिएको छ ।
जिल्लास्थित कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोग र नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा आज स्थानीय चन्दननाथ नगरपालिका–५ स्थित कृष्णमन्दिर प्राङ्गणमा मेला आयोजना गरिएको हो ।मेलामा जिल्लाका आठ वटै स्थानीय तहका उच्च भूभागमा फल्ने आलु सङ्कलन गरी प्रदर्शनी गरिएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिएका छन्।
भूमि समस्या समाधान आयोगका विज्ञ–सदस्य सुमन आचार्यले जिल्लाका आलु कृषकलाई प्रोत्साहित गरी आलुको बजारीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा आलु किसानहरूको उल्लेख्य सहभागिता रहेको बताएका छन् । तिलाको ढिपु, हिमाको पाथरखोला, सिञ्जाको जुडु भाडगाउँ, कनकासुन्दरीको बोता, पातारासीको तीर्ख, तातोपानीको टोप्लालगायत उच्च भूभागमा उत्पादन हुने आलु सङ्कलन गरी प्रदर्शनीमा राखिएको थियो ।कृषि विकास कार्यालय प्रमुख अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा आलुखेती बढी भएको र उत्पादकत्व पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०८०र०८१ मा दुई हजार दुई ४५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ३४ हजार चार सय ५० मेट्रिक टन उत्पादन भएको थियो ।
यसैगरी चालु आवमा दुई हजार दुई सय ९० हेक्टर क्षेत्रफलमा खेती भई ३५ हजार नौ सय ३० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.