
काठमाडौं,। हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका नान बुढाको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया बुढा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमी (बुढा)ले बताइन् । जङ्गल घरबाट गल्फागाड खोला पारि टाढाको वनमा भएकाले मृतक बुढाको शव लिन स्थानीयवासी त्यसतर्फ लागेको उनले बताइन् । सो खर्कमा मृतक बुढा र श्रीमतीमात्र भएकाले बिहानमात्र पारिवारलाई जानकारी आएको हो । जानकारी आएलगत्तै घरमा ल्याउन स्थानीय गएका छन् । यस क्षेत्रमा यतिबेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ ।
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा



राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका

दुर्गा प्रसाईले विदेशी शक्तिको आडमा देश चलाउनेहरूविरुद्ध छठ पर्वपछि देशव्यापी आन्दोलनको चेतावनी





COMMENT
.