
नेपालगञ्ज (बाँके), १७ असार – राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी तटबन्धको काम सुरुआत गरिएको छ । राप्ती नदीमा आउने बाढीका कारण जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका जोखिममा रहेका दुई दर्जन बढी गाउँलाई बाढीबाट बचाउने जनाउँदै जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अघि बढाइएको हो । नदी तटीय क्षेत्रमा बर्सेनि डुबानको समस्या हुँदै आएको छ ।
वर्षायाम सुरु भएसँगै राप्ती नदीले निम्त्याउने डुबान, कटान र सम्भावित जोखिम हुने स्थानको पहिचान गर्दै गत एक सातादेखि जनताको तटबन्ध कार्यक्रम आयोजना प्रमुख डा नारायण सुवेदीसहित प्राविधिक टोलीले निर्माणस्थलमा पुगेर नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि बेम्बो पाइलिङ प्रविधिबाट अस्थायी आपत्कालीन तटबन्ध बनाउने कार्य गरिरहेको छ । राप्ती नदी क्षेत्रमा प्रायः डुबान र कटानको समस्या तीव्र रुपले हुने हुँदा नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी बाढी र नदी कटानको पीडाले रातभर सुत्न नसक्ने अवस्थामा रहेकाले तत्कालका लागि बस्ती र जनधन जोगाउन अस्थायी रूपले नदीको चार मिटर गहिराइबाट तटबन्ध बन्ने कार्य जनताको तटबन्ध कार्यक्रमले गरिरहेको डा सुवेदीले जानकारी दिएका थिए ।
जिल्लाका तीन स्थानीय तहअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ स्थित ढलैया, वडा नं ७ को पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, राप्ती नदीपूर्वको नरैनापुर गाउँपालिकाको वडा नं ६ स्थित सोनवर्षा, गङ्गापुर ९कुदरबेटवा०, भोजभगवानपुर तथा डुडुवा गाउँपालिकाको पूर्वी भेगमा बाढीको जोखिम न्यूनीकरणका लागि आपत्कालीन तटबन्धको काम सुरु गरिएको उनले उल्लेख गरेका थिए । पक्की तटबन्ध निर्माणका लागि गत जेठमा मात्र बोलपत्र आह्वान हुँदा बजेट र ढुङ्गाको अभावका साथै वर्षा सुरु भइसकेका कारण हाललाई अस्थायी तटबन्ध निर्माणकार्य सुरु गरिएको सुवेदीको भनाइ छ । राप्ती नदी कटानबाट त्यस क्षेत्रका करिब ३० हजार जनता बाढीको उच्च जोखिममा रहँदा दाङस्थित जनताको तटबन्ध कार्यक्रमले हाललाई अस्थायी रुपको आपत्कालीन तटबन्ध निर्माण गरेपछि जोखिम कम हुने नेपाली कांग्रेस क्षेत्रीय सभापति पोषण केसीले बताएका थिए । रासस
SHARE
RELATED_NEWS

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो



जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह





COMMENT
.