• २५ माघ २०८१, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251

त्रिकोणात्मक टी–२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

२३ माघ २०८१, बुधवार
29

काठमाडाैं ।  महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको हो।

पूजाले नटआउट ६२ रन बनाइन्। ५१ बलको सामना गर्दा उनले ५ चौका प्रहार गरिन्। कविता जोशी ६ बलमा ७ रन बनाउँदै नटआउट रहिन्। उनले एक छक्का प्रहार गरिन्।

नेपालका लागि ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भए। त्यसपछि कप्तान इन्दु बर्मा ३९ रनको योगदान गर्दै पेबेलियन फर्किइन्।

इन्दुले ३७ बलमा ५ चौका प्रहार गरिन्। रुविना क्षेत्रीले १७ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिइन्। नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले २ विकेट लिँदा क्यारोलिन डे लैंग र हेदर सिजर्सले समान एक विकेट हात पारे।

नेदरल्यान्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ। यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डसँग नेपाल समान दुई खेलमा पराजित भएको छ। अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ।

COMMENT

.