काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे बयानका लागि मंसिर १३ गते काठमाडौं ल्याइएका उनलाई यहाँको बयान सकिएपछि आज बुद्ध एयरको जहाजमार्फत चितवन लगिएको हो ।
चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा लामिछानेलाई जिल्ला अदालत चितवनले पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुसार उनलाई चितवन लगिएको प्रहरीले जनाएको छ ।
यसअघि सहकारी ठगी प्रकरणमा लामिछानेसँग कास्कीको पोखरा, रुपन्देहीको बुटवल र काठमाडौंमा बयान लिइसकिएको छ ।
लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, पोखराको सुर्यदर्शन र बुटवलको सुप्रिम र वीरगञ्जको सानो पाइला सहकारीबाट रकम गोर्खा मिडिया नेटवर्कमार्फत रकम अपचलन गरेको आरोप छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.