• २ जेठ २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन

१२ वैशाख २०८२, शुक्रवार

काठमाडौं, १२ वैशाखः पूर्वप्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा पूर्वसूचना  आयुक्त समाज गठन भएको छ । पूर्वसूचना आयुक्तहरूको अनुभव, ज्ञान, क्षमता र दक्षताको सदुपयोग गरी सूचनाको हकको संरक्षण र सम्वद्र्धनका पक्षमा समाज गठन गरिएको हो । 

सूचनाको हकका पक्षमा लागिरहने प्रतिबद्धतासहित सूचनाको हकका विषयमा सम्बद्ध पक्षलाई राय, सुझाव प्रदानगरी सहयोग गर्ने उद्देश्यले पूर्वसूचना आयुक्त समाज गठन गरिएको संयोजक गुरुङले जानकारी दिएका थिए ।संयोजक गुरुङका अनुसार पूर्वप्रमुख सूचना आयुक्तहरु कृष्णहरि बास्कोटा र गुरुङसहित पूर्वसूचना आयूक्तहरु श्री आचार्य, सविता भण्डारी, किरणकुमार पोखरेल, कमला ओली र रत्नप्रसाद मैनालीको उपस्थितिमा पूर्वसूचना आयुक्त समाज गठन गरिएको हो । रासस  

COMMENT

.