• १० भदौ २०८२, मङ्गलवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

कारागारभित्र रवि लामिछाने : ऐतिहासिक किताब पढ्छन्, साधारण खानामा रुचि

४ वैशाख २०८२, बिहिवार

बुटवल - सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति अहिले जिल्ला कारागार रुपन्देहीमा बसेका छन् । उनी उक्त कारागारमा बसेको बुधबार १० दिन पुग्यो ।

चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै पक्राउ परेका लामिछानेलाई जिल्ला कारागार रुपन्देहीमा २५ गते ल्याइएको थियो। कारगारमा रवि एउटा सानो छुट्टै कोठमा बस्ने गरेका छन्  । उक्त कोठा कोभिडको समयमा निमार्ण गरिएको थियो । अन्य कैदीसँग राख्दा रवि असुरक्षित हुने भएकाले उनलाई छुट्टै कोठमा राखिएको छ ।

लामिछानेले कारागार भित्रै पकाइएको खाना खाने गरेका छन् । त्यसमा समान्यतया दाल, भात, तरकाीि नै रहने कारागारा स्रोतले बतायो । उनलाई भेट्नका लागि त्यति धेरै मान्छे जाँदैन दिनमा दुई चार जना व्यक्तिमात्रै रविलाई भेट्न पुग्छन् ।कारागार भित्र रविले ऐतिहासिक पुस्तकहरू पढ्न रुचाउँछन् । नेपाली र अंग्रेसी भाषका पुस्तक उनले पढ्दै आइरहेका छन् । रवि लामिछानले कहिलेकाँही कारागार भित्रको फोन प्रयोग गर्छन् । त्यहाँ रेडियो सुन्ने व्यवस्था पनि छ ।

कारागार प्रशासनले रवि लामिछानेलाई ‘तपाईंको केही माग छ ?’ भनेर समेत सोध्ने गरेको छ । जवाफमा उनले ‘केही छैन । जे छ, ठिकै छ । कारागार यस्तै हो’ भन्ने गरेको स्रोत बताउँछ ।रवि लामिछानेका सहयोगीहरू उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् । सर्वोच्च अदालतले कैफियत आदेश मगाएको छ । त्यो आदेश हेरेपछि मात्रै सर्वोच्चले उनको बारेमा निर्णय लिनेछ ।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसुर र सङ्गठित अपराध सम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेश उल्टाउँदै रविलाई थुनामा पठाउने आदेश गरेको हो ।


COMMENT

.