अत्तरिया (कैलाली), १३ वैशाख - कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम बन्न थालेको छ । यहाँका किसान व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आएका छन् । जिल्लाको गोदावरी नगरपालिका–८ फकलपुरका जगतराम चौधरीले सागसब्जी बेचेर परिवारको भरणपोषण गर्दै आएकका थिए । विगत १५ वर्षदेखि व्यावसायिक रुपमा सागसब्जीखेती गर्दै आएको बताउँदै उनले यसबाट आकर्षक आम्दानी पनि हुने गरेको जानकारी दिएका थिए ।
उनले भने, “छ कट्ठामा सागसब्जी लगाएको छु । वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ । आठ जनाको परिवार छ । बालबच्चाको पढाइ, घर खर्च सागसब्जी बेचेर चलाउने गरेको छु ।”उनले जैविक मल मात्र प्रयोग गरेर खेती गर्दै आएको बताएका थिए । सागसब्जीखेती बिक्रीमा समस्या नहुने बताउँदै उनले नजिकैको अत्तरिया बजारमा लगेर सागसब्जी बिक्री गर्ने गरेको जानकारी दिएका थिए । सागसब्जीखेतीबाट मनग्गे आम्दानी हुने उनले बताउछन् । सोही स्थानका धनलाल चौधरीले चार कट्ठा जग्गामा लामो समयदेखि व्यावसायिक सागसब्जीखेती गर्दै आएको बताएका थिए । उनले भने, “आम्दानी प्रशस्त हुन्छ । सागसब्जीखेतीबाट वार्षिक रु दुई लाख बढी आम्दानी हुन्छ । गाह्रोसारो पर्दा ऋण लिनुपर्दैन ।” रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.