
ओखलढुङ्गा, १६ वैशाखः बाढीले बगाएको खार्तेखोलाको मोटरेबल पुल पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष बगाएको रुम्जाटार–कुइभिर सडकअन्तर्गत खार्ते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको हो । विसं २०८१ को भदौमा सम्पन्न गर्नेगरी २०८० साल कात्तिकमा पुष्पाञ्जली कन्स्ट्रक्सन कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)मानभवन लिलितपुरको सहयोगमा ६० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको मोटरेबल पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०८१ भदौको अन्तिममा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको कार्यालयका इन्जिनियर सबिन लामाले जानकारी दिएका थिए ।
मोटरेबल पुलमा आवश्यक पर्ने सम्पूर्ण सामग्री फिल्डमा ल्याएर निर्माणको काम धमाधम भइरहेको बेलामा बाढीले बगाएको थियो । विक्रम संवत् २०८१ जेठ १२ गते खार्ते खोलामा आएको बाढीले सम्पूर्ण निर्माण सामग्री बगाएको निर्माण कम्पनीले जनाएको छ । एक लाख किलो फलामे ट्रस्ट, ग्याबिन जालीलगायत निर्माणमा प्रयोग गरिने सामग्री बगाउँदा रु ७२ लाख बराबरको घाटा भएको निर्माण कम्पनीको दाबी रहेको छ ।
फलामे ट्रस्टको करिब ६० प्रतिशत बिमा भुक्तानी नभएका कारण ठूलो घाटा ब्यहोर्नुपरेको निर्माण व्यवसायी बबी श्रेष्ठले जानकारी दिएका छन् । बाढीले बगाएर पूर्ण क्षति भएको मोटरेबल पुलको काम धमाधम भइरहेको छ । असार मसान्त आगावै सम्पन्न गर्नेगरी काम भइरहेको निर्माण काम्पनीले जनाएको छ । पुल निर्माणको काम करिब ८० प्रतिशतभन्दा पनि बढी सम्पन्न भइसकेको स्थानीय सडक पुल कार्यक्रमका इन्जिनियर सबिन लामाले जानकारी दिएका थिए ।
मुख्य अप्ठ्यारो ट्रस्ट जोड्ने काम सम्पन्न हुन लागेको र अब कठिन काम कम भएकाले समयमै काम सम्पन्न हुने इन्जिनियर लामाले बताउछन् । पूलका निर्माण सामग्री बाढीले बगाएको समयमा र अरू बेलामा पनि सामान्य सहयोगका लागि हारगुहार गर्दा चिसङ्खुगढी गाउँपालिकाले कुनै सहयोग नगरेको निर्माण व्यावसायीको गुनासो रहेको छ ।
स्थानीय तहले सडक मर्मत नगरेका कारण पुल निर्माण सामग्री ल्याउन करिब रु एक लाख ५० हजार रकम खर्च गरेर सडक मर्मत गर्नुपरेको निर्माण व्यवसायी श्रेष्ठले गुनासो गरेका थिए । निर्माणाधीन मोटरेबल पुल खार्ते खोला चिसङ्खुगढी गाउँपालिका–३ र ८ मा पर्दछ । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक








COMMENT
.