
काठमाडौं – छुट्टिएको साढे तीन वर्षपछि कमल थापा र राजेन्द्र लिङ्देन नजिकिन थालेका छन् । २०७८ मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अप्रत्यासित रुपमा पराजित भएपछि राप्रपा नेपाल ब्यूँताएका कमल थापाको राजनीतिक कार्यक्रममा सम्भवत पहिलो पटक राजेन्द्र लिङ्देन सहभागी भए ।
सोमबार काठमाडौंको रत्नपार्कमा आयोजित कार्यक्रममा राजेन्द्र लिङ्देन पुग्दा राजावादी पंक्ति उत्साहित देखिएको छ ।सडकमै राखिएको कुर्सीमा एकसाथ यी दुई नेता बसेपछि राजा र हिन्दुवादी खुसी भए । कमल थापा सँगैको कुर्सीमा बस्न पुग्दा लिङ्देनले दाजु भनेर सम्बोधन गरेका थिए ।
लिङ्देनको उपस्थितिले थापा पनि हँसिलो मुद्रामा देखिए । २०७८ मंसिरको महाधिवेशनपछि लामो समय नबोलेका यी दुई नेताबीच पहिलो पटक यो तहको सौहार्दता देखिएको हो ।त्यसबेला थापाले आफूलाई हराउन निर्मल निवासबाट पूर्वराजा ज्ञानेन्द्र शाहले नै हस्तक्षेप गरेको आरोप लगाएका थिए । उनले त्यही आक्रोशमा हिन्दुवादी एजेन्डा बोक्ने तर राजाको एजेन्डा नबोक्ने घोषणै गरे। तर त्यसलाई सच्याउँदै राजा नै चाहिने बताइरहेका उनी र लिङ्देनबीचको निकटतालाई धेरै राम्रो सन्देशका रुपमा बुझेका छन् ।
खासगरी गत वर्ष फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतमा नाममा जुटेका राजावादीको संख्या देखेर यी दुई नेता उत्साहित छन् । हजारौँ सहभागी भएपछि दुई नेताले एक हुँदाको शक्ति बुझे पनि अझै एकतातिर अघि बढ्न सकेका छैनन् ।खासगरी चैत १५ गते दुर्गा प्रसाईं र नवराज सुवेदीको शक्ति प्रदर्शन हिंसात्मक बनेपछि यी नेता झस्किएका छन् । राजावादी आन्दोलनलाई प्रसाईंको हातमा सुम्पेको भन्दै लिङ्देनले त निर्मल निवासमा पुगेर पूर्वराजासँग असन्तुष्टि पनि जाहेर गरिसकेका छन् ।
यद्यप पूर्वराजाले प्रसाईंलाई आफूले जनकमान्डर नबनाएको जवाफ दिएका थिए । राप्रपाले बल्खुमा गत २६ चैतमा गरेको कार्यक्रममा पनि राजावादी यसरी जुटेका थिएनन् ।तर राप्रपा नेपालको मञ्चमा पुगेर राजावादीले एकताको सन्देश दिएका छन् । थापा र लिङ्देनबीचको यो सौहार्दताले अब उनीहरूमाथि कार्यकर्ता पंक्तिबाट एकताको दबाब बढ्न सक्नेछ ।
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.