• २३ असार २०८२, सोमवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटेको आरोपमा ३ जना पक्राउ

२३ असार २०८२, सोमवार

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । आरोपीहरूले ठमेलबाट ‘होटल खोज्न सहयोग गर्छौं’ भनेर दुई जना भारतीयलाई नयाँ बसपार्कमा लगेर लुटपाट गरेका हुन् । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर सोह्रखुट्टे बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र २८ वर्षीय नीलकुमार तामाङ छन् । उनीहरु असार २० मा पक्राउ परेका हुन् ।

अपरिचित भारतीयहरूलाई उनीहरूले नयाँ बसपार्कस्थित ध्रुबतारा कम्प्लेक्सको छैटौँ तलामा लगेर कुटपिट गरेर लुटेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

COMMENT

.