काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा रोकिएको छ । नेप्से झिनो अंकले बढ्दा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर कारोबार भएको छ ।
आज १२४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । दिनभरमा २९९ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ३७४ पटक शेयर किनबेच भएको छ।
यस्तै २ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये आज ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ ।
बसैभन्दा बढी हाइड्रोपावर समूह १।७६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०।०१ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ३।४८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लगानी समूह ०।०७ प्रतिशतले घटेको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.