• १५ साउन २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

२० जेठ २०८२, सोमवार

तुलसीपुर, १९ जेठ – नेपाल वायु सेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलबाट  उडान भर्न थालेको छ ।  टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिएका थिए । उनका अनुसार बुधबार र शनिबारबाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो । 

टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था थियो । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा बनेको हो । रासस

COMMENT

.