
चितवन,। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताएका थिए । आज बगालेको निवास भरतपुर महानगरपालिका-४ त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उनले हरेक आन्दोलनमा उनले निर्वाह गर्नुभएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए ।
कांग्रेसले पार्टीमा योगदान दिने र त्याग गर्नेहरूलाई सधैँ सम्मान गर्ने सभापति देउवाले बताउछन् । अग्रजहरूको सपना पूरा गर्नका लागि पार्टी नेतृत्व सधैँ तयार रहेको भन्दै उनले पार्टीले पुराना नेताको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । विसं १९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाउँविकास समिति नं ८ मा जन्मेका बगालेको विसं २०८२ साउन १० गते ९७ वर्षको उमेरमा निधन भएको थियो । रासस
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा



समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका
२५ असोज २०८२, शनिवार

समाचार
दुर्गा प्रसाईले विदेशी शक्तिको आडमा देश चलाउनेहरूविरुद्ध छठ पर्वपछि देशव्यापी आन्दोलनको चेतावनी
२५ असोज २०८२, शनिवार





COMMENT
.