• २५ माघ २०८१, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251

बायाँ खुट्टा भाँचिएको थियो, डाक्टरले गरेदायाँ खुट्टाको अप्रेसन

१२ पुष २०८१, शुक्रवार
52

एजेन्सी – बायाँ खुट्टा भाँचिएपछि अस्पताल गएकी एक महिलाको दायाँ खुट्टाको अपरेशन गरिएपछि तनाव सिर्जना भएकाके छ । भुइँलादेवी नाम गरेकी महिला बायाँ खुट्टा भाँचिएपछि उपचारका लागि पुगेकी थिइन् । चिकित्सकले आवश्यक परीक्षणपछि अप्रेसनको तयारी गरे ।

अप्रेसनपछि महिलालाई बाहिर ल्याउँदा परिवारजन भने आश्चर्यचकित भए । किनकि बायाँ खुट्टा भाँचिएर अस्पताल ल्याइएकी भुइँलादेवीको दायाँ खुट्टाको अप्रेसन गरिएको थियो । घटना भारतको उत्तर प्रदेश राज्यको सुल्तानपुर हो ।

भुइँलादेवीका छोरा सुरेश प्रजापतिका अनुसार बायाँ खुट्टा भाँचिएको थियो तर डाक्टरले दायाँ खुट्टाको अप्रेसन गरिदिएका थिए । परिवारजनले यसबारे सोधपुछ गर्न थालेपछि भुइँलादेवीलाई फेरि अप्रेसनका लागि लगिएको र बायाँ खुट्टाको अप्रेसन गरिएको थियो ।

अप्रेसन गर्ने चिकित्सक पीके पाण्डेय सम्पर्कविहीन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पताल प्रशासनले भने चिकित्सकको लापर्बाही नभएको तर्क गरेको छ ।

COMMENT

.