
एजेन्सी – अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २– द रुल’ को विशेष स्क्रिनिङमा भएको भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिइने भएको छ।
यही महिना हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएकी ३५ वर्षीया महिलाको परिवारलाई २ करोड रुपैयाँ दिइने भएको हो । अभिनेता अल्लु अर्जृनकाका पिता अल्लु अरविन्दले यो घोषणा गरेका हुन ।
चलचित्र निर्माता अरविन्दले पत्रकारहरुसँग भने कि दुई करोडमध्ये १ करोड छोराले तिर्नेछन भने बाँकी रहक फिल्म निर्माता, मिथ्री मुभि मेकर्स र निर्देशक सुकुमारले एक आपासमा सल्लाह गरेर सहयोग गर्नेछन् । अल्लु अर्जुनले पनि घाइतेको उपचार गर्ने डाक्टरहरूसँग कुरा गरेको र बच्चा निको भइसकेको जनाएका छन ।
‘अहिले भेन्टिलेटरबाट हटाइएको छ र उनी आफैँ सास फेर्न सक्ने भएको खबर सुन्न पाउँदा हामी खुसी छौं। डाक्टरहरू सकारात्मक छन्, उनी छिट्टै हामीसँगै हिँड्ने छन् भन्ने कामना गर्दछौं, यो हाम्रो विश्वास र हाम्रो प्रार्थना हो।’ उनले भने ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने







COMMENT
.