काठमाडौं । पोखरामा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख ९सीडीओ० भरतमणी पाण्डेको नेतृत्वमा समिति बनेको हो ।
समितिमा उनीबाहेक तीनवटै सुरक्षा निकायका जिल्ला प्रमुख र एक जना विष्फोटक पदार्थ विज्ञ समेत सामेल छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिएर गठन गरीएको गृह मन्त्रीका प्रेस संयोजक शेरबहादुर सिंहले जानकारी दिए ।
समितिमा नेपाल प्रहरीका कास्की प्रखुख एसपी श्याम ओलीया, नेपाली सेनाका कृष्णदल गण फुलबारीका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल २४ नम्बर गणका प्रमुख सूर्यप्रसाल तिमिल्सिना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुरेश कुमार तिवारी सदस्य छन् ।
त्यस्तै पोखरा महानगरालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई समेतसमेत समितिमा छन् । समितिको सदस्य सचिवमा कास्कीका सहायक जिल्ला प्रमुख गंगा बहादुर क्षेत्री छन् । समितिलाई मूख्यतः बेलुन विस्फोटको कारण र यस्तो प्रकारणको घटना रोक्न अपनाउनु पर्ने उपयबारे जानकारी गराउन भनिएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’


COMMENT
.