काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठक सकेर आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा जाने भएका छन् । उनी माधवकुमार नेपालले २०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता पहिलो पटक समाजवादीको कार्यालयमा जान लागेका हुन् । ओली लेखक तथा वामआन्दोलनका पुराना नेता कमल कोइरालाको पार्थिक शरीरलाई श्रद्धान्जलि दिन आलोकनगर जान लागेका उनको सचिवालयले बताएको छ ।
कोइराला नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार हुन् । कोइरालाको आइतबार राति उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो । सचिवालयका अनुसार ओलीले आलोकनगर पुगेर गत शुक्रबार भएको आगजानी र तोडफोडको क्षतिको पनि अवलोकन गर्ने भएका छन् ।
राजावादीहरूको अराजक समूहले आन्दोलनका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि प्रतिनिधि सभा बैठक सकेर प्रधानमन्त्री ओली आलोकनर पुग्न लागेको जानकारी दिइन् । ओलीले दिवंगत नेता कोइरालाको पार्थिव शरीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने







COMMENT
.