काठमाडौै, चैत १६ – काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ।प्रसाईको खोजी गर्न प्रहरीले विभिन्न युनिट परिचालन गरेको छ। तर उनी फेला परेका छैनन्।यद्यपि शुक्रबार तीनकुनेबाट फरार हुनुअघि प्रसाईं धर्मगुरू पुस्कर खतिवडासँगै भागेको खुलाएके छ ।जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार कार्यक्रमस्थलबाट प्रसाईं खतिवडासँगै निस्किएका थिए।इमाडोलस्थित घरमा केहीबेर बसेर प्रसाईं त्यहाँबाट पनि फरार भएका हुन्।‘दुबै जना सँगै इमाडोल आएका रहेछन्।
प्रहरीका अनुसार उनको मोबाइल अफ छ।मोबाइलको अन्तिम लोकेशन गैरीगाउँ देखिएको थियो।उनले आफूलाई जहाँ बोलाएपनि हाजिर हुन तयार हुने भन्दै सामाजिक सञ्चालमा लेखेका थिए। तर अहिले सम्पर्कबिहीन भएका हुन्।प्रहरीले अहिले तीनकुनेमा राजावादी आन्दोलनमा सहभागी भएका नेताहरूलाई पक्राउ गरिरहेको छ।रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ परिसकेका छन्। उनीहरूमाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.