.jpg)
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय बढ्दो गर्मीका कारण तातो हावाको लहर चल्ने सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ । विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्री बढी तापक्रम मापन गरिएको छ । २ दिन तापक्रम बढ्ने नै देखिन्छ ।
नेपालमा पछिल्लो समय तातो हावाको लहर (हिट वेभ) हुनसक्ने सम्भावना बढेर गएको छ । तातो हावाको लहरले मानिसलाई मृत्युसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ । सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने सम्म हुनसक्छ । ती घाउ र बिमिरामा इन्फेक्सन भयो भने ठुला घाउ र खटिरा पनि बन्न सक्ने हुन्छ । तातो हावाको कारण खुट्टा सुनिने, रिँगटा लाग्ने र बेहोस पनि हुन सक्ने हुन्छ । रक्तचाप घट्ने लगायतका लक्षण समेत देखिन सक्छ ।
तातो हावाको लहर चलेमा काम गर्ने व्यक्तिहरूमा ‘डिहाइड्रेसन’ ९निर्जलीकरण० हुनसक्ने खतरा बढी हुन्छ । यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ । वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जानसक्ने खतरा हुन्छ । हातखुट्टा बाउँडिने, बढी असर परेमा वान्ता आउने र बान्ता फोक्सोमा पुग्यो भने मानिसको मृत्यु समेत हुनसक्ने चिकित्सकहरू बताउँछन् ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.