काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो ।गत चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाडौँमा कार्यरत कर्मचारीहरूले एक युवकमाथि दुर्व्यवहार गरेको भिडियो विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशन भएको थियो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले यस घटनामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘सो सम्बन्धमा सो कार्यमा संलग्न देखिएका ३ जना प्रहरी कर्मचारीहरूलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाई यस काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ,’ प्रहरीद्वारा विज्ञप्तिमा भनिएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.