
ढोरपाटन (बागलुङ), ८ वैशाख – बागलुङ नगरपालिका–४ नियरघाटमा निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । दुई वर्ष अगाडि परिवारबाट अपहेलित भएका वृद्धवृद्धालाई राख्नका लागि निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन नसकेको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भवन सञ्चालन नहुँदा वरपर झाडी पलाएर ढाकिएर बेवारिसेजस्तै बनेको छ ।
आश्रम निर्माणका लागि निर्माण कम्पनीले विसं २०७९ पुस ८ गते सम्झौता गरी काम सुरु गरेको थियो । निर्माण कम्पनीले विसं २०८० असार २५ गते काम सम्पन्न गरेको थियो । नगरपालिकाको रु दुई करोड २६ लाख ५४९ मा निर्माण भएको सुविधायुक्त आश्रम बनेको हो । भवन एक तलाको भए पनि सुविधायुक्त रहेको छ ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले परिवारबाट तिरस्कारमा परेका वृद्धवृद्धाको संरक्षणका लागि वृद्धाश्रम निर्माणको भन्दै अहिलेसम्म कोही पनि वृद्धवृद्धा आश्रय लिन नआउँदा सञ्चालनमा नभएको बताएका थिए । करोडौँ खर्चिएर बनाएको संरचनालाई प्रयोग नगरी छोड्नुभन्दा केही समयका लागि मानवसेवा आश्रमलाई सञ्चालन गर्न दिने कार्यपालिकाले निर्णय गरेको उनको भनाइ छ ।
नगरप्रमुख श्रेष्ठले भने, “कोही पनि बाबाआमा आश्रममा बस्नु नपरोस्, सुखद् भनौँ अहिलेसम्म हाम्रो सम्पर्कमा परिवारबाट हेलामा परे भनेर कोही पनि आउनुभएको छैन, नगरपालिकाले हेलामा परेका वृद्धवृद्धालाई संरक्षण गर्ने उद्देश्यले यो आश्रम बनाएको हो, यसलाई अब प्रयोग गर्नुपर्छ भन्ने हिसाबले मानव सेवा आश्रमलाई दिने निर्णय भएको छ ।”
वृद्धआश्रम नजिकै मानव सेवा आश्रमको भवन निर्माणाधीन छ । उक्त भवन नबन्दासम्म वृद्धआश्रम प्रयोग गर्न दिने उनले बताउछन् । झाडीले ढाकिएको भवनलाई नगरपालिकाले केही समयमै व्यवस्थित बनाउने प्रमुख श्रेष्ठको भनाइ छ । उक्त भवनको संरक्षणका लागि घेराबार गर्ने, फोहर व्यवस्थापन लगायतका काम गर्ने उनले बताएका थिए । यदि कोही वृद्धवृद्धा आश्रय लिन आए राम्रो सुविधा दिएर राख्ने श्रेष्ठले बताएका थिए ।
निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा आश्रम निर्माण भएको छ । भवनमा ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सासहित भवनमा २० कोठा रहेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिएका थिए । भवनमा वृद्धवृद्धाका लागि शौचालय, स्नानगृह रहेको उनको भनाइ छ ।
बागलुङ नगरपालिका–१ का स्थानीय बालकृष्ण आचार्यले वृद्धआश्रम सञ्चालन नहुँदा राम्रो ठूलो रकम नोक्सान भइरहेको बताएका छन् । निर्माण सम्पन्न भएको दुई वर्षसम्म सञ्चालन नहुनु दुःखद् विषय भएको भन्दै नगरपालिकाले कुनै प्रयोजनका लागि भए पनि प्रयोग गर्नु पर्ने सुनाउछन् । नयाँ भवन प्रयोग नहुँदै झ्यालढोका टुट्न फुट्न लागेको उनको भनाइ छ । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.