• १६ असार २०८२, सोमवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

स्वास्थ्य सेवा विभागका महानिर्देशक र स्वास्थ्य बीमा बोर्डका निर्देशकको पदबहाली

१ चैत २०८१, शुक्रवार

काठमाडौं, १ चैत – स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टङ्क बाराकोटीले पदबहाली गरेकाछन् । आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गरेका छन्।

डा बाराकोटी स्वास्थ्य मन्त्रालयको १२औँ तहमा अतिरिक्त सचिवमा कार्यरत थिए । यसअघि महानिर्देशकमा डा विकास देवकोटा थिए । उनले सचिवमा बढुवा भएपछि डा बाराकोटीलाई उक्त पदमा नियुक्त गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत फागुन २७ गते मा मन्त्रिस्तरीय निर्णय गरी उहाँलाई महानिर्देशकमा नियुक्त गरेका थिए । 

पदभारपछि रासससँग कुरा गर्दै डा बाराकोटीले तीन तहमा बाँडिएको स्वास्थ्य संरचनामा विभागबाट हुनेसक्ने भूमिकामा सहजीकरण गर्दै जाने बताएकाछन् । उनले भने, “खरिद प्रक्रियामा विभाग विवादित देखिएको छ त्यसलाई सुधार्ने प्रयास गर्छु ।”

आजै स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका डा रघुराज काफ्लेले पनि जिम्मेवारी सम्हाल्नुभएको छ । डा काफ्लेले स्वास्थ्य बीमालाई सरल, सुलभ र गुणस्तरीय बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संस्थागत क्षमता वृद्धि गर्दै जाने बताएका छन् । यसअघि निमित्त कार्यकारी निर्देशक डा सरोज शर्मा थिए। रासस

COMMENT

.