
काठमाडौं, २८ चैत – उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजलाई अझै न्यायपूर्ण, शान्तिपूर्ण र समानताका आधारमा सङ्गठित गर्नु आजको आवश्यकता भएको बताएको छ ।
भगवान् महावीरको २६२४औँ जन्मजयन्तीका अवसरमा ‘नेपाल जैन परिषद्’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भनेका छन्, “अनेकान्तवादले हामीलाई विभिन्न दृष्टिकोणहरूलाई सम्मान गर्न र सहिष्णुता अङ्गीकार गर्न सिकाउँदछ, जुन आजको समाजमा सामाजिक सद्भावका लागि अत्यन्तै आवश्यक छ ।”
भगवान् महावीर जन्मजयन्तीले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई थप सवल, सुदृद्ध र बलियो बनाउने अवसर प्रदान गर्ने उनको भनाइ छ । भगवान् महावीरका जीवन र उनले प्रतिपादन गर्नुभएका सिद्धान्तहरू सिङ्गो मानव जीवनका विविध पक्ष र आयामलाई समृद्ध बनाउने मार्गदर्शनबाट अभिप्रेरित भएको उपराष्ट्रपति यादवले बताएका थिए । “मानव जीवनका लागि अपरिहार्य ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक भगवान् महावीरको जीवनले हामीलाई अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिनुका साथै उहाँले देखाउनुभएको सत्मार्ग, कर्ममार्ग र नैतिकमार्गमा हिँड्न हामीलाई अभिप्रेरित गर्दै मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा उत्तिकै सहयोग गर्दै आएको छ”, उनले भनेका छन् ।
सामाजिक रुपमा, जैन धर्मले सहिष्णुता, अहिंसा र भाइचारा प्रदर्शन गर्दै आएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षासहितको विविधतायुक्त नेपालजस्तो मुलुकमा जैन धर्मका सिद्धान्तहरूले देश र समाजका सबै वर्गहरूबीच सहिष्णुता र सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको धारणा छ ।
नेपाल जैन परिषद्का अध्यक्ष विमल जैनले भगवान् महावीरले असत्यलाई सत्यबाट जित्नका लागि दिनुभएको सन्देश आजको सान्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए । कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष हुकुम दुगडलाई सम्मान गरिएको थियो । त्यसैगरी अर्का पूर्वअध्यक्ष स्वर्गीय ओमप्रकाश नौलखालाई मरणोपरान्त सम्मान गरिएको थियो । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.