काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सहकारी ठगी आरोपित रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।काठमाडौं जिल्ला अदालतमा बयान सकिएपनि थुनछेक बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालतमा पेश गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश जारी गरेको सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए ।चन्दका अनुसार रविलाई हाल काठमाडौं प्रहरी परिसर भद्रकालीले जिम्मा लिएर लगेको छ । बहस नसकिउञ्जेल प्रहरीकै जिम्मामा लामिछाने अदालत उपस्थित हुनेछन् ।
काठमाडौं अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानसँग दिनभर बयान लिइएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.