
काठमाडौं, २८ जेठ – यहाँ जारी १५औँं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद अन्तरगत एथलेटिक्स प्रतियोगितामा बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी सङ्गीता विकले आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रवीणले जुनियर छात्र एक सय मिटर दौड तथा सङ्गीताले जुनियर छात्रा चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । कीर्तिमानबापत दुवैले जनही रु १० हजार नगद पुरस्कार पाउने छन् । रानामगरले निर्धारित दूरी १०।७६ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जिते ।
यसअघि आशिष चौधरीको नाममा १०/९० सेकेण्डको कीर्तिमान थियो । उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए । कोशी प्रदेशका सुजन मण्डल दोस्रो तथा लुम्बिनी प्रदेशका शुभम बमरेल तेस्रो भए । धावक विकले निर्धारित दूरी १ मिनेट ०१/१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितिन् । उनीले २०७६ सालमा अरुणा रिजालले स्थापित गरेको एक मिनेट ०१/३० सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । बागमतीकी अनिशा थारु दोस्रो र कर्णालीकी कृष्णा राना तेस्रो बने । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगिताको छात्रा एक सय मिटर दौडमा बागमतीकी दिना गोपाली पहिलो भइन् । उनीले १२/८१ सेकेन्ड समय लगाइन् । लुम्बिनीकी आरुशी भट्टराई दोस्रो तथा गण्डकी प्रदेशकी अनुष्का अधिकारी तेस्रो भए ।
छात्र चार सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न ५१।८९ सेकेन्ड समय खर्चे । गण्डकीका प्रकाश महतोले रजत तथा सुदूरपश्चिमका विक्रम विष्टले कांँस्य हात पारे । छात्र हाइजम्पमा बागमतीका अविनाश सुनार पहिलो भए । उनले १/६८ मिटर जम्प गरे । सुदूरपश्चिमका उज्वलकुमार विक दोस्रो तथा गण्डकीका विवेक महतो तेस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा १।३८ मिटर जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरी शीर्ष स्थानमा रहिन् । गण्डकीकी सविता खातुन मियाँ दोस्रो तथा कर्णालीकी हीरा बुढा तेस्रो बने ।सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरी पहिलो भए ।
उनले १३/६१ मिटर टाढा फाले । लुम्बिनीका राजन भण्डारी दोस्रो तथा कर्णालीका केशव विक तेस्रो भए । उक्त स्पर्धाको छात्रामा बागमतिकी एलिना विकले स्वर्ण जितिन् । एलिनाले ८/६९ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले कांस्य जिते । छात्रा एक हजार पाँच सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी पहिलो भइन् । नारायणीले ५ मिनेट ०३।९ सेकेन्डमा दूरी तय गरिन् । बागमतीकी भगवती खड्का दोस्रो तथा सुदूरपश्चिमकी देवकी धामी तेस्रो भए । प्रतियोगितामा २६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम






COMMENT
.