• १५ असार २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

आफ्नै दाईले गरे ११ वर्षीय बहिनीको हत्या

२ वैशाख २०८२, मङ्गलवार

जावलाखेल – ललितपुरमा आफ्नै सहोदर दाजुले बहिनीको हत्या गरेका छन् । चैत २९ गते मंगलबजार, खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको थियो ।

उनको हत्या चैत ४ गते भएको थियो ।शव भने २९ गते फेला परेको हो । उनको हत्या आरोपमा उनकै १५ वर्षीय कान्छो दाइ पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एसपी अंगुर जिसीका अनुसार हत्या उनका दाइबाटै भएको कुरा अनुसन्धानबाट खुलेको हो ।ललितपुर महानगरपालिका वडा नं १२, मंगलबजार बस्ने भगबती बोहराले ११ वर्षीय छोरी दुर्गा बोहरा चैत ४ गते राति साढे ९ बजे बाट हराएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।

खोजतलास गर्ने क्रममा चैत २९ गते ललितपुर महानगरपालिका वडा नं ९, खपिन्हेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा बालिकाको शव फेला परेको थियो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा पीआरबीसी ललितपुरको प्रहरी टोलीले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा विभिन्न विधि र प्रबिधिको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा मृतकको १५ को १५ वर्षीय कान्छो दाईले हत्या गरेको खुल्न आएको छ ।

उनको दाईलाई प्रहरीले मंगलबजार एरियाबाट नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।


COMMENT

.