
झापा । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व सङ्कलन गरेको छ । विसं २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा सञ्चालन भइरहेको थियो । आव २०८१/८२ मा कार्यालयले रु ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा ६३ प्रतिशत मात्र असुली भएको कार्यालयका प्रमुख अर्जुनप्रसाद सिटौलाले बताएका थिए ।
आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीसमेत घटेको छ । आव २०८०/८१ मा भद्रपुर भन्सार कार्यालयले रु २४ करोड ३४ लाख २७ हजार ३६ राजस्व असुली गरेको थियो । आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीमा रु तीन करोड ४७ लाख ५७ हजार ४०४ कमी आएको छ । झापाको काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयबाट आयात निर्यात सम्बन्धी कारोबार धेरै हुने भएका कारण भद्रपुर भन्सारको कारोबारमा कमी आएको हो । भद्रपुरमा नेपालतर्फबाट जुन सुविधा र तहको भन्सार कार्यालय सञ्चालनमा छ, समान स्तरको सेवा गलगलियास्थित भारतीय भन्सारमा नहुँदा भद्रपुर भन्सार सुस्ताएको व्यवसायी बताउँछन् ।
विगतमा पनि भद्रपुर भन्सारको प्रगति कमजोर रहँदै आएको थियो । लक्ष्यको तुलनामा आव २०७८/७९ मा ५६ दशमलव २८ प्रतिशत र आव २०७९/८० मा २८ दशमलव २८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो । विसंं २०७५ भदौ १९ गते तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सारको रुपमा उद्घाटन गरेका थिए । भद्रपुर भन्सारबाट चिया उद्योगको प्याकिङका सामान, विषादी, मेसिनरी पार्टस्, केमिकल, फलफूल आदि वस्तु आयात हुने गरेको छ भने निर्यात उल्लेख्य मात्रामा हुने गरेको छैन । रासस
SHARE
RELATED_NEWS

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.