काठमाडौं – सिता एयरको जहाज आज ठूलो दुर्घटनाबाट जोगिएको छ । रामेछापबाट लुक्ला जान लागेको सिता एयरको जहाजमा समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गर्दा विमानस्थल नै अवरुद्ध भएको छ ।
सिता एयरको एसटी ए९१६ विमानको हाइड्रोलिक सिस्टम फेल भएपछि विमान आकष्मात डाईभर्ट गरेर काठमाडौं ल्याईएको हो । १४ जना यात्रु लिएर रामेछापबाट लुक्ला जाँदै गरेको विमानको पुरै हाइड्रोलिक सिस्टम फेल भएको थियो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले १० बजेर ६ मिनेटदेखि १० बजेर ११ मिनेटसम्म विमानस्थल अवरुद्ध भएको बताए ।उनका अनुसार अहिले सिताको जहाज पार्किङमा लगिएको छ । भने उडान र अवतरणमा केही समस्या छैन ।
जहाजको चेक जाँच भइरहेको छ ।सिस्टम फेल भएपछि काठमाण्डौतर्फ ल्याएर आकष्मिक अवतरण गराएर आज सिता ठुलो दुर्घटनाबाट जोगिएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.