• ५ साउन २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

चालु आवमा दैनिक २।५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री

४ साउन २०८२, शनिवार

काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २।५५ किलोमिटर सडक निर्माण भएको बताएका थिए । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताउछन् । उनका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गरेका थिए । 

“आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ । अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्याङ्क प्राप्त भएको छ । यो गति अझ बढाउनुपर्ने छ”, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले आजै इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म हाम्रो भरपर्दो जनशक्ति इन्जिनियरहरुभएको बताएका थिए । रासस

COMMENT

.