• १५ असार २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

प्रतिनिधिसभाः प्रतिपक्षी दुई दलको विरोध

१४ असार २०८२, शनिवार

काठमाडौं, ६ असारः प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा उभिएर बिरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ बैठकको सुरुमै रास्वपाका सांसदहरुले उठेर बिरोध जनाउछन् । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्कीलाई आफ्नो कुरा राख्न समय उपलब्ध गराएका थिए । सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने माग गरेका थिए ।

राप्रपा सांसद रोशन कार्कीले पनि भिजिट भिसाका सम्बन्धमा आएका विषयमा छानिबिनको माग गरेका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सुरु भएपछि दुवै दलका सांसदहरु बैठक छाडेर बाहिरिएका छन् । रासस

COMMENT

.