• २ जेठ २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

Your post title

१२ वैशाख २०८२, शुक्रवार

काठमाडौं - लोकतन्त्र दिवसका दिन नेकपा एमालेले आयोजना गरेको युवा सम्मेलनमा नै लोकतन्त्रको धज्जी उडाउने कार्य भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रममा पत्रकार माथि प्रश्न सोधकै आधारमा हातपात र  दुर्व्यवहार  भएको हो । 

उनीहरुले एचटीसी मिडियाका बरिष्ठ संवाददाता नरनाथ गौतम माथि हात पात्र मात्रै गरेनन् क्यामेरा फुटाई दिए भने पत्रकार परिचय पत्र पनि खोसिदिए थिए । कुलमान घिसिङलाई तपाईहरुको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले किन हटाएको भन्दै प्रश्न गरेपछि एमालेका केही अराजक कार्यकर्ताले गौतममाथि हातपात गर्दै माइक समेत खोसेर लगेका थिए । 

उनीहरुले गौतमको पत्रकार परिचय पत्र खोसिदिएर उल्टै पत्रकार परिचय पत्र खोई भन्दै प्रश्न गरेको भिडियोमा देख्न सकिन्छ । भिडियोमा एमाले नेता, कार्यकर्ताको व्यवहार राणा शासकको भन्दा कम देखिँदैन । उनीहरुले आफ्नो सरकार रहेको भन्दै आफूलाई कसैले केही गर्न नसक्ने दम्कका साथ पत्रकार माथि आक्रमण गरेको देख्न सकिन्छ । यसले लोकतन्त्र दिवसकै दिन एमाले सरकार, नेता र कार्यकर्ताको रुप छर्लङ्ग पारेको छ ।

आफूलाई लोकतन्त्रको संवाहक बताउने पार्टी नेकपा एमालेले नै प्रश्न सोधेकै आधारमा कसैमाथि गरेको यो हद सम्मको दुव्र्यवहार कुनै पनि हालतमा स्वीकार्य छैन् । यसो त बिहीबार आयोजित उक्त कार्यक्रममा एमालेले मुलुकभरबाट एक लाख कार्यकर्ता उत्राने लक्ष्य राखेको थियो । तर कार्यक्रममा मुस्किलले दुई हजार पनि सहभागी नभएपछि एमाले नेता कार्यकताको अनुहारमा निराशा र आक्रोश एकैचोटि देखिएको थियो । एमाले नेता राजन भट्टराईले त राजावादीको फोटो फेसबुकमा राख्दै एमालेको जनसागर भन्न पनि भ्याए । 


COMMENT

.