
काठमाडौं – गायिका एलिना चौहानको वैवाहिक सम्बन्धको विषयमा सामाजिक सञ्जालमा विभिन्न समाचारहरु बाहिर आएपछि प्रतिक्रिया दिएकी छन् । वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले अहिले सामाजिक सञ्जाल तातेको देखिन्छ ।
वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । त्यसको एक वर्ष नबित्दै उनले विवाह सम्बन्धबारेका प्रश्नको सामना गरिरहेकी छिन् ।एलिना ओशोमार्गी बनेको बेलादेखि नै उनको यो कुराले चर्चा पाएको हो । तर यतिबेला केही दिनअघि गायिका ज्योति मगरको फेसबुक स्टाटस लेखेको पछि थप चर्चा चुलिएको हो।
ज्योतिले एक चर्चित गायिकाले हिंसा सहेको आशयको पोस्ट गरेकी थिइन् तर केही छिनमै डिलेट गरिन् ।बिहीबार मात्र केही मिडियाले एलिना चौहानको डिर्भोसको चर्चा गर्दै समाचार प्रकाशन गरेका थिए । यसले झनै ‘सम्बन्ध विच्छेद’बारेको चर्चालाई बल मिलेको छ । यसबारे जवाफ दिँदै एलिनाले आफूले अहिले यसबारे केही नबोल्ने बताइन् ।
‘यी कुराले मलाई एकदम टर्चर महसुस भइरहेको छ । एयरपोर्ट जाँदा होस् र सार्वजनिक ठाउँमा पनि मलाई यस्तै प्रश्न सोधिन्छन् । पब्लिक फिगर भएपछि यी कुरा झेल्नुपर्ने रहेछ,’ उनले भनिन् । ‘यसबारे म अहिले केही बोल्दिन । म एकदम तनावमा छु,’ उनले भनिन् । मिडियाले पनि लगातार आफ्नो निजी जीवनबारे समाचार बनाएकोमा उनी असन्तुष्ट छिन । अहिले श्रीमान अस्ट्रेलियामा र आफू नेपालमा रहेको उनले बताइन् ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.