
चितवन । यहाँको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहेँलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् । सुन्तलाखेती गर्दै आउनुभएका इच्छाकामना गाउँपालिका–५ तामिनका किसान रामप्रसाद बोहोराका अनुसार बोटमै व्यापारीले प्रतिकिलो रु एक सयका दरले सुन्तला खरिद गरिरहेका छन् । उनले भने, “सुन्तला बिक्रीका लागि बजारको समस्या छैन । बोटमै बिक्री भइरहेको छ ।”
सोही गाउँका अर्का किसान हरिबहादुर नेपालले पनि सुन्तला बिक्रीका लागि बजारको समस्या नरहेको बताए। बगानमै आएर व्यापारीले सुन्तला खरिद गरिरहेको उनले बताए । सुन्तलाले मूल्य पाए पनि पछिल्लो केही वर्षयता बोट मर्ने क्रम बढेकाले उत्पादनमा कमी आएको उनको भनाइ छ ।
इच्छाकामना गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीले यहाँका सुन्तला स्वादिष्ट हुने हुँदा बजारको समस्या नरहेको बताए । उनका अनुसार इच्छाकामना–१ को भाराङ, वडा नं २ कोे तल्लो काउले, वडा नं ३ को तोक्दाङ ढाप, माझगाउँ, सिरानगाउँ, तल्लो डुडे, माथिल्लो डुडे, वडा नं ५ को तामिन, ठङरङ, नेपेडाँडा, र वडा नं ६ को ढालामा सुन्तलाखेती हुँदै आएको छ ।
यहाँ उत्पादित सुन्तला मुग्लिन, कुरिनटार, फिस्लिङ लगायतका बजारमा बिक्रीका लागि लगिन्छ । फिस्लिङको तरकारी तथा फलफूल बिक्री केन्द्रबाट होलसेल मूल्यमा नारायणगढ, काठमाडौँ, पोखरालगायत विभिन्न सहरमा सुन्तला लैजाने गरिन्छ । गाउँपालिकाको कृषि शाखाका अनुसार इच्छाकामना गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । आगामी आर्थिक वर्षमा १५ देखि २० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्ने गाउँपालिकाको योजना छ । किसानलाई गाउँपालिकाले अनुदानमा बेर्ना उपलब्ध गराउने योजना रहेको कृषि प्राविधिक त्रिपाठीले जानकारी दिए ।
गत वर्ष इच्छाकामनाका किसानले सुन्तलाबाट रु आठ करोड भित्र्याएका थिए । चालु आर्थिक वर्षमा पनि सोही हाराहारीमा आम्दानी हुने अनुमान गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले माटो परीक्षण तथा चुना वितरण, सुन्तलाको बेर्ना तथा कृषि सामग्री अनुदानमा वितरण, किसानस्तरीय बगैँचा व्यवस्थापन तालिम, सिँचाइका लागि सहयोग, प्राविधिक सेवाहरु उलब्ध गराउँदै आएको छ । गाउँपालिकाले गत वर्ष सुन्तला पकेट क्षेत्र वडा नं ३ स्थित माझ गाउँमा सुन्तला महोत्सव समेत आयोजना गरेको थियो ।
अध्यक्ष गुरुङले भने, “यहाँका सुन्तला राजमार्गका पसल र विभिन्न सहरमा पुग्ने गरेको भए पनि इच्छाकामनाको हो भन्ने थाहा थिएन, अहिले इच्छाकामनाको सुन्तला खोजी हुन थालेको छ ।” किसानको उत्पादनलाई बजारीकरणमा सहयोग पु¥याउन गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र र भण्डारणका लागि चिस्यान केन्द्रसमेत निर्माण गरेको अध्यक्ष गुरुङले बताए ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.