
गलकोट (बागलुङ), ३ वैशाख – बागलुङ नगरपालिकाले नगरभित्रको फोहरलाई स्रोतबाटै सङ्कलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रोशोधन गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले नगर क्षेत्रमा सङ्कलन हुने फोहरलाई पुनः प्रयोग र अन्य फोहरलाई प्रशोधन गर्नेगरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको छ । आधा दशकदेखिको फोहर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकाले फोहर प्रशोधनको जिम्मा समानता अभियान नेपाललाई दिएको हो ।
फोहर व्यवस्थापनमा चुनौती व्यहोरिरहेको नगरले समानता अभियान नेपालसँग फोहर व्यवस्थापनको सम्झौता गरेको नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताएका थिए । उनका अनुसार स्रोतबाटै फोहर सङ्कलनका लागि बजारभरि १५ हजार डस्विन वितरण गरिएको छ । समानता अभियानका चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले रु ३६ करोड ७७ लाख लागतमा नमूना फोहर प्रशोधन केन्द्र निर्माणका लागि सम्झौता गर्नुभएको नगर कार्यालयले जनाएको छ ।
नगरपालिकाले पाँच प्रतिशत र अभियानले ९५ प्रतिशत आर्थिक भार व्यहोर्दै फोहर व्यवस्थापन गर्न रु ३६ करोड ७७ लाख खर्च हुने छभने प्रशोधनबाट निकालिएको फोहरबाट अत्यावश्यक तथा घरायसी सामग्री बनाउन सकिने श्रेष्ठको भनाइ छ । हाल फोहर फालिएको बागलुङ–१ स्थित मालढुङ्गामा व्यवस्थापन गरिने बताउँदै उनले प्रशोधन गरिएको फोहर व्यवस्थापन केन्द्रलाई अध्ययन अवलोकन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिने जानकारी दिएका थिए ।
केन्द्रका लागि तत्काल चाहिने केही उपकरण र सवारीसाधन अभियानबाट सङ्कलन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिएका छन् । फोहर व्यवस्थापन गर्दा डम्पिङसाइट दुर्गन्धित नहुने, पुनः उपयोग गरेर फोहरबाटै पैसा कमाउन सकिनेलगायत लक्ष्य राखिएका उनले बताएका छन् । “फोहर व्यवस्थापनको चुनौती बढिरहेको सन्दर्भमा नगरपालिकाले साझेदार निकायसँग मिलेर काम गर्न थालेको छ, नगरपालिको रु दुई करोड लागतमा फोहर प्रशोधन केन्द्र निर्माण गरिसकेको छ, फोहर प्रशोधनको काम यथाशीघ्र सुरु हुन्छ”, श्रेष्ठले भने, “फोहर प्रशोधन केन्द्र अब दुर्गन्धरहित बनाएर पर्यटकीय केन्द्रका रूपमा विकास गर्नेछौँ ।”
नगरपालिकाले यसअघि तीन प्रकारका बाल्टिन दिएर फोहर सङ्कलनको काम थालिसकेको छ । ती फोहर कसरी सङ्कलन गर्ने भन्नेबारेमा बालबालिकाको इको क्लब गठन गर्ने, अभिभावकलाई सचेतना बढाउने काम पनि गरिने नगरप्रमुख श्रेष्ठले बताएका थिए। आगामी दिनमा प्रदूषणरहित नगर बनाउने, बायोग्यास प्लान्ट निर्माण र फोहर व्यवस्थापन नजिकै स्विमिङ पुल बनाउने योजना रहेको उनले उल्लेख गरेका थिए ।
उक्त स्थानमा तीन खण्ड बनाएर कुहिने, नकुहिने, सिसाजन्यलगायत खतरा फोहरको व्यवस्थापन गर्न केही संरचनासमेत नगरपालिकाले बनाइसकेको छ । विसं २०५४ देखि नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहर फालेको थियो । कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको थियो । कुहिने फोहर कम्पोस्ट मल बनाउने र नकुहिने प्लास्टिकजन्यलाई पुनः प्रयोगमा पठाउने लक्ष्य राखिएको नगर कार्यालयले जनाएको छ । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.