• १० भदौ २०८२, मङ्गलवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

संविधानसभा सदस्य यादवको निधन

१८ असार २०८२, बुधवार

बारा, १८ असारः संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उनको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको उनका छोरा डा जितेन्द्र यादवले राससलाई जानकारी दिएका थिए  ।  बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।  उनका दुई छोरा, दुई छोरी र श्रीमती छन् । रासस

COMMENT

.