काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी)दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
आइतबार बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै आईजीपी थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका हुन् ।
यही जेठ १५ गते राजावादीले गर्ने भनिएको प्रदर्शनका सन्दर्भमा उच्च सतर्कता अपनाउन उनले जोड दिएका हुन् ।आईजीपी थापाले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने बताए ।
सोही सन्दर्भमा उनले प्रहरी अधिकृतले मातहतका कर्मचारीलाई कुटपिट गरेको घटनाले प्रहरी सङ्गठनलाई बदनाम गरेको बताए । गलत काम गर्ने कर्मचारीलाई सङ्गठनको विधिअनुसार कारबाही हुने आईजीपी थापाको भनाइ छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह


COMMENT
.