
कास्की, १० जेठः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खोजमूलक पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए ।
सञ्चार तथा सूचना मन्त्रालय र सञ्चारिका समूह गण्डकीको आयोजनामा आज पोखरामा भएको पत्रकारितामा महिलाको सहभागिता तथा विकासका लागि सरोकार भएकाहरुसँगको छलफलमा उनले आम स्रोता दर्शकलाई नवीन खोज र सञ्चार तथा सूचना प्रविधिको चरम विकासले ल्याएका अवसर र चुनौती, राष्ट्रियहित प्रवद्र्धन गर्ने विषय विषयवस्तु आमपाठक स्रोत तथा दर्शकले नपाएका बताएका थिए।
सञ्चारमन्त्री गुरुङले भने, “पत्रकारिताका खोजमूलक नभएपछि वास्तविकताको नजिक पुगिँदैन यसमा सबैको ध्यान जानुपर्दछ । सूचनाको हक प्राप्त गर्ने नागरिकको पहिलो अधिकार भएकाले त्यसलाई कसरी प्रत्याभूत गर्ने, कसरी व्यवस्थित र मर्यादित गर्ने भनेर मन्त्रालयले काम गरिहेको छ । “सबै जनताले सूचना पाउने कुराको ग्यारेन्टी सार्वजनिक प्रसारणका माध्यमबाट हुन्छ ।” सरकारी सञ्चारमाध्यमको विकासका लागि नयाँ ढङ्गबाट जाने योजनामा आफू रहेको जानकारी दिँदै सञ्चारमन्त्री गुरुङले भने ।
मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण हुन जरुरी रहेको बताएका थिए । उनले साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसद्मा पेस गरिने जानकारी दिएका थिए । उनले भने, “मिडिया काउन्सिल विधेयक शीघ्र पारित गर्ने र आचारसंहिता विपरीतका गतिविधि नियमन गरिनेछ ।”
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले देशमा गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएपछि सरकारले देशको सर्वाङ्गीण विकासका निम्ति थालेका प्रयास तथा अन्य आर्थिक समृद्धितर्फका क्रियाकलापलाई नेपाली पाठक स्रोता तथा दर्शकमा कम प्रस्तुत गर्ने प्रवृत्ति ‘केही पनि भएन भन्ने गलत प्रचार’प्रति सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिएका थिए । देशको आर्थिक विकासको महत्वपूर्ण स्रोत जलसम्पदाको भरपुर उपयोग गरी विद्युत् उत्पादन गरेर आर्थिक रुपमा सबल हुन सरकार निरन्तर क्रियाशील रहेको बताउँदै बितेका ३५ वर्षमा मुलुकका ९८ प्रतिशत जनताका घरमा बिजुली पुगेको वास्तविकता सुनाएका थिए ।
सचिव राधिका अर्यालले नयाँ प्रविधिको सञ्चार तथा सूचना प्रविधि ९आइसिटी० को विकासले पत्रकारिता पेसा जटिल मोडमा पुगेको बताउछन् । “को पत्रकार हुने रु के योग्यता हुने रु सञ्चारमाध्यम के हुन् र समाचारका विषयवस्तुमा प्रश्न उठ्न थालेका छन्”, उनले परम्परागत सञ्चारमाध्यमलेभन्दा ‘न्यू मिडिया’ले नवीन विषय सार्वजनिक गर्ने भएकाले व्यावसायिक रुपमा उनीहरुलाई टिक्न कठिन भइरहेकोतर्फ सङ्केत गर्दै प्रश्न गरेका थिए ।
त्यसअवसरमा सञ्चारिका समूह गण्डकीले स्थापना गरेको ‘सञ्चारिका पत्रकारिता पुरस्कार–२०७९’ बाट राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी र ‘सञ्चारिका पत्रकारिता पुरस्कार–२०८०’ बाट राससकर्मी जमुना शर्मालाई नगद रु २० हजार प्रदान गरिएको थियो । यसैगरी, १० हजार राशिको ‘गुरुङ ब्युटी एकेडेमी पत्रकारिता अवार्ड’ पत्रकार देवी जिसीलाई प्रदान गरिएको थियो । रासस
SHARE
RELATED_NEWS

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.