
ओखलढुङ्गा, १२ जेठ – यहाँको खिजीदेम्बाका ९ स्थानमा सञ्चालन भएको पाठेघर तथा स्तन क्यान्सको स्क्रिनिङ र आङखस्ने समस्या पहिचान शिविरमा ६ सय ४५ जना महिलाले सेवा लिएका छन् । अस्पतालको पहुँचभन्दा टाढाको जिल्लाकै दुर्गममा पर्ने खिजीदेम्बा गाउँपालिकाका सबै नौ वटै वडामा निःशुल्क शिविर सञ्चालन भएपछि वर्षौँदेखि रोगसँग जुधिरहेका महिला लाभान्वित भएका छन् ।
गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाले वडा नं १ देखि ९ सम्मका ३० वर्ष भन्दामाथिका उमेर समूहका महिलाको निःशुल्क पाठेघर र स्तन क्यान्सरसँगसम्बन्धी परीक्षण शिविर आयोजना गरेको थियो । शिविरमा परीक्षण गरिएकामध्ये ६८ जनामा जटिल समस्या देखा परेको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिएका थिए ।
गौतमका अनुसार शिविरमा वडा नं १ र २ बाट ९७ जना, वडा नं ३ बाट ९४ जना, वडा नं ४ बाट ५० जना र वडा नं ५ बाट १३० जनाले सेवा लिएका छन् । यस्तै वडा नं ६ बाट १२९ जना, वडा नं ८ बाट ८६ जना र वडा नं ९ बाट ५९ जना गरी जम्मा ६४५ जना महिलाले सेवा लिएका छन् । जेठ ५ गतेदेखि जारी शिविर वडा नं ७ मा आज १२ गते जारी छ । परीक्षण गरिएकामध्ये १९ जना पाठेघर खस्ने जटिल समस्या, ३३ जनामा भिआइए शङ्कास्पद अवस्था र १९ जनामा पाठेघरमा मासु पलाएको (सिस्ट) को समस्या देखिएको छ । शिविरमा जटिल समस्या देखिएकालाई गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउछन् । पाठेघर तथा स्तन क्यान्सरको प्रारम्भिक पहिचान, जोखिम न्यूनीकरण, सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर राखिएको उनको भनाइ छ ।
स्वास्थ्य क्षेत्रमा पहुँच अभावका कारण पछाडि परेको ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरेर क्यान्सर जस्तो घातक रोगबाट बचाउन विशेषज्ञ चिकित्सक ल्याएर सञ्चालन गरिएको शिविरबाट सेवा पाउँदा निकै सहज भएको भन्दै स्थानीय महिलाले खुसी व्यक्त गरेका छन् । जटिल रोगको स्वास्थ्य परीक्षणकै लागि जिल्ला सदरमुकाम, रामेछापको मन्थली वा राजधानी काठमाडौंं जानुपर्ने बाध्यता अन्त्य गर्दै गाउँपालिकाले गाउँ गाउँमै शिविर सञ्चालन गरेपछि सहज भएको खिजीदेम्बा–४ की महिला स्वास्थ्य स्वयंसेविका पवित्रा सुवेदीको भनाइ छ । संवेदनशील अङ्कमा हुने समस्या सामान्य हुँदासम्म लुकाउने र जटिल भएपछि उपचार गराउन नसक्दा दिर्घरोगी भएर बाँच्नुपर्ने दुर्गमका नागरिकको बाध्यता छ । रासस
SHARE
RELATED_NEWS

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.