काठमाडौं – अभिनेत्री मनीषा कोइरालाले देशमा संवैधानिक राजतन्त्र आवश्यक भएको बताएकी छन्।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालगायत राजावादीले आज दिउँसो काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्नुअघि बिहान कोइरालाले राजतन्त्रका पक्षमा वक्तव्य जारी गरेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘एक संवैधानिक राजतन्त्र, जुन राजनीतिक दलहरूभन्दा माथि हुन्छ, राष्ट्रिय एकताको प्रतीक हुन सक्छ।
जुन राजनीतिक दलहरू, आफ्नो स्वभावले नै दिन सक्दैनन्। दलहरू प्रतिस्पर्धा गर्छन्, विभाजित गर्छन् र सरकार बनाउँछन्। तर राजतन्त्र, जुन हाम्रो सनातन धर्म र इतिहासमा गहिरो रूपमा जरा गाडिएको छ, एउटा यस्तो संस्थागत आधार हो, जसले हामीलाई हाम्रो मौलिक पहिचान सम्झाउँछ।’
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
क्रिकेट
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
१२ मंसिर २०८२, बिहिवार
समाचार
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
१२ मंसिर २०८२, बिहिवार


COMMENT
.