
काठमाडौं, १७ जेठ – सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहभागितामा विपद् व्यवस्थापनका कामलाई परिणाममुखी बनाउने योजना अघि बढाएको छ । त्यसका लागि सशस्त्र प्रहरीले यही जेठ महिनाभित्र स्थानीय समुदायबाट करिब एक लाख ७० हजार विपद् सूचक रहेको ‘नेटवर्क’तयार गर्दैछ । समुदायस्तरमा विपद्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ । त्यसका लागि जेठ मसान्तसम्म सबै बाहिनी मुख्यालयले जिम्मेवारी रहेका क्षेत्रमा पर्ने सबै वडामा २५ जनाको दरले विपद् सूचक समूह निर्माण गर्नेछ ।
ती समूहबाट विपद्सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोहीअनुसार आफ्ना सुरक्षाकर्मी परिचालन तथा उद्धारमा सहजता हुने सशस्त्र प्रहरीको विश्वास छ । विपद् सूचक समूह तयार भएपछि उनीहरूलाई विपद् सचेतनामूलक प्रशिक्षण र विपद् ‘सिमुलेशन’ अभ्यासमा सहभागी गराउने योजना रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा बताउछन् । यसैबीच सशस्त्र प्रहरीले समुदायमा विपद् उद्धारक पनि तयार गर्दैछ । केही दिनअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसवर्ष सातवटै प्रदेशमा करिब एक हजार ‘समुदाय विपद् उद्धारक’ तयार गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । सोहीअनुसार सशस्त्र प्रहरी मुख्यालयले मातहत कार्यालयमा विपद् उद्धारक स्वयंसेवक तालिम सुरुआत गरिसकेको छ । समुदाय विपद् उद्धारकलाई १८ दिनको विपद् पूर्वतयारी र प्रतिकार्यसम्बन्धी तालिम दिइनेछ ।
प्रदेशस्थित सशस्त्र प्रहरी मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले चालु आर्थिक वर्षमा १८ वटा तालिम सञ्चालन गर्ने सहप्रवक्ता थापाले बताएका थिए । आगामी आवमा थप एक सय ४७ वटा तालिम सञ्चालन गरिने र यस प्रकारका तालिमले समुदायस्तरमा विपद्बाट बच्न पूर्वतयारीका साथै विपद्का समयमा उद्धार तथा राहत कार्यमा सहजता हुने उहाँको विश्वास छ ।सशस्त्र प्रहरी बल नेपाल नं २३ मनकामना गण तनहुँले समुदाय विपद् स्वयंसेवक तालिमको थालनी गरिसकेको छ । स्थानीय सरकार तथा सरोकार भएकाहरूसँगको समन्वयमा ५८ जनाले तालिम लिइरहेका छन् । रासस
SHARE
RELATED_NEWS

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.