काँक्रेविहार (सुर्खेत), १५ जेठः कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अठारौँ गणतन्त्र दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिएका थिए । साथै उनले गणतन्त्र स्थापनाको आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं सबै क्षेत्र र वर्ग समुदायको योगदानको सराहना गरेका थिए ।
उनले आज जारी गरेको शुभकामना सन्देशमा जनता विजयी भएको आजको दिन महान् उत्सव हो भन्दै लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति सरकार र समाजका हरेक वर्गले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए । जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता भएको मुख्यमन्त्री कँडेलले सन्देशमा उल्लेख गरेका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह


COMMENT
.